सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो

  • Image नेप्लेज
  • १६ कार्तिक २०८३, सोमवार
  • 80 पटक हेरिएको
सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खोस्रो खेलमा चितवनले पहिलो ब्याटिङ गर्ने भएको छ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर सुरुमा बलिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो ।

दुई खेलमा अपराजित चितवनले एक खेलमा जित र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ । चितवन तीन अंकसहित तालिकाको चौथो स्थानमा छ । तीन खेल खेलिसकेको सुदूरपश्चिमले दुई हारको सामना गर्दा एक मात्र जित निकालेको छ ।

अपराजित चितवन दोस्रो जितको खोजीमा छ भने दुई खेलमा पराजित सुदूरपश्चिम चौथो खेलमा जित्नै पर्ने दबाबमा छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ