सलिको गल्फ प्रतियोगिताको मिति परिवर्तन, अब नोभेम्बर १४ मा हुने

  • Image नेप्लेज
  • १३ कार्तिक २०८३, शुक्रवार
  • 62 पटक हेरिएको
सलिको गल्फ प्रतियोगिताको मिति परिवर्तन, अब नोभेम्बर १४ मा हुने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न लागेको ‘सलिको गल्फ प्रतियोगिता २०२६’ को मिति परिवर्तन गरेको छ ।

अक्टोबर ३१ (शनिबार) मा गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने तय भएको प्रतियोगिता प्रतिकूल मौसमका कारण स्थगित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रतियोगिता अब नोभेम्बर १४ (शनिबार) मा सोही स्थान गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुनेछ ।

हालै देशमा देखिएको प्रतिकूल मौसमका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेको भन्दै कम्पनीले यसबाट सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

प्रतियोगिताप्रति उत्साह, चासो र सहयोग देखाउने सबैप्रति आभार व्यक्त गर्दै कम्पनीले नयाँ मितिमा पनि सक्रिय सहभागिता र निरन्तर साथको अपेक्षा गरेको छ ।