कर्णाली याक्सको रोमाञ्चक जीत , विराटनगरको लगातार दाेस्राे हार

  • Image नेप्लेज
  • १२ कार्तिक २०८३, बिहिवार
  • 116 पटक हेरिएको
कर्णाली याक्सको रोमाञ्चक जीत , विराटनगरको लगातार दाेस्राे हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

कर्णालीको जितमा सोमपाल कामीले अविजित ६२ रन बनाए। उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। गुल्सन झाले अविजित २८ रन जोडे। पवन सर्राफले ३६, अरिफुल इस्लामले ३२ र दीपक डुम्रेले २० रन बनाए।

बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले ३ तथा चरिथ असलंका, प्रतीश जिसी र सन्दीप लामिछानेले समान १ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। उसका लागि लोकेश बमले सर्वाधिक ८७ रन बनाए। उनले ५२ बलमा ३ चौका र ९ छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले ३१, आन्द्रे रसेलले २७ र बासिर अहमदले १३ रन बनाए।

कर्णालीका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए। मार्क वाटले १ विकेट लिए।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ