काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले कर्णाली याक्ससामु १८७ रनको विशाल रनकाे चुनौती पेस गरेको छ ।
बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रनको विशाल योगफल तयार पारेको हो ।
विराटनगर किंग्सका लागि ओपनर लोकेश बमले सर्वाधिक ८७ रनको योगदान दिए । लोकेशले ५२ बलमा ३ चौका र ९ छक्का प्रहार गरे । यस्तै, एन्गेलो म्याथिउसले ३१ र आन्द्रे रसेलले २७ रन जोडे । २३ बल खेलेका एन्गेलोले ४ चौका प्रहार गरे । १५ बल खेलेका रसेलले ३ चौका र २ छक्का प्रहार गरे ।
कर्णाली याक्सका लागि कप्तान सोमपाल कामीले ४ तथा मार्क वाट र नन्दन यादवले समान १- १ विकेट लिए ।