काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत बिहीबार जारी पहिलो खेलमा काठमाडाैं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले ओभरमा विकेट गुमाएर रनको योगफल तयार पारेको छ।
काठमाडौंका लागि भिम सार्कीले २९ बलमा ४ चौकासहित सर्वाधिक ३३ रन जोडे । यस्तै, राशिद खानले १४ बलमा २ चौकासहित १७, ओपनर स्मित पटेलले १३ बलमा २ चौकाको सहयोगमा १३ र सुमित महर्जनले ९ बलमा १ चौकाको सहयोगमा १० रन जोडे।
बलिङमा जनकपुरका लागि १६ वर्षकीय दायाँ हाते युवा ब्याट्सम्यान राहुल यादवले ह्याट्रिकसहित ४, सैफ हसनले २ तथा मोइन अलि र ललित राजवंशीले १-१ विकेट लिए।
नयाँ सिजनमा आफ्नो पहिलो खेल खेल्दै गरेको काठमाडौं जितसहित सुखद शुरूवात गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेको छ।
यता, आफ्नो दोस्रो खेल खेलिरहेको जनकपुर पहिलो जितको खोजीमा छ भने उसलाई प्लेअफको सम्भावना बलियो बनाउन आजको खेल जित्नैपर्ने दबाब समेत रहेको छ।
जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो।