एनपीएल-३: जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले टस जित्यो, पहिला ब्याटिङ गर्ने

  • Image नेप्लेज
  • १२ कार्तिक २०८३, बिहिवार
  • 77 पटक हेरिएको
एनपीएल-३: जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं  गोर्खाजले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं  गोर्खाजले टस जितेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं  गोर्खाजका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै जनकपुर बोल्ट्सले सुरुमा बलिङको निम्तो पाएको छ ।

काठमाडौं  जितबाट सिजनको सुरुवात गर्ने दाउमा हुनेछ । जनकपुर बोल्ट्स भने दोस्रो खेलमा पहिलो जित निकाल्ने रणनीतिमा हुनेछ । जनकपुर बोल्ट्स पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमाडौं  गोर्खाजको भने यस सिजनको पहिलो खेल हो । त्यसैले काठमाडौंविरुद्ध मैदान उत्रिँदा जनकपुर बोल्ट्समाथि जितको यात्रामा फर्किने दबाब हुनेछ ।

यसअघि एनपीएलका दुई संस्करणमा जनकपुर र काठमाडौंले एकअर्काविरुद्ध एक-एक जित निकालेका छन् । एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले काठमाडौं  गोर्खाजमाथि ५ विकेटको जित निकालेको थियो ।

दोस्रो संस्करणमा भने काठमाडौं  गोर्खाजले जनकपुर बोल्ट्समाथि ५ विकेटकै जित निकालेको थियो । एनपीएलको यो तेस्रो भेटमा जित निकाल्दै दुवै टिमलाई अग्रता लिने अवसर छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ