सागमा मण्डेकाजीलाई दाेहाेराे विधामा खेल्न नदिन गर्न खाेजिएकाे असफल झेल !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-०५
  • |
  • 274 पटक हेरिएको

नेपालमा आयोजना भएको दक्षिण एशियाली खेलकुद सागमा पदक जित्दा जति खेलाडीको हाईहाई भयो, उनीहरुले त्यो जित्नका लागि गरेको संघर्षको पक्ष निकै कमलाई थाहा हुन्छ । यस्तैमा १३ औं सागमा दोहोरो स्वर्ण जितेर चर्चा कमाएका खेलाडी हुन मण्डेकाजी श्रेण्ठ ।

करातेको कातामा एकल र टिममा स्वर्ण जित्दै सर्वत्र चर्चा कमाएका मण्डेकाजीमाथि नै प्रतियोगिता सुरु हुनुभन्दा एक महिना अगाडी राजनिती सुरु भएको थियो । त्यो थियो, उनले सागमा एक विधामा मात्र खेल्न पाउने भनेर ।

साग सुरु हुनुभन्दा एक महिना अगाडीबाट नै उनलाई एउटा विधामा मात्र प्रतिस्पर्धा गर्न लागि दबाव दिन थालियो । यसका लागि उनलाई उच्च निकायबाट नै फोन आएको थियो । मण्डेकाजीले नेप्लेजसँगको कुराकानीमा प्रतियोगिताको तयारी भइरहेका बेला नाम नखोल्ने सर्तमा केहि ब्यक्तिले राजनिती गर्न खोजेको र आफुलाई दुई वटा विधामा खेल्न दिन हुन्न भनेर उच्च ओहदाबाट दबाव दिन लगाएको बताए । उनले गृह मन्त्रालयबाट समेत एक विधा छोड्नका लागि दबाव आएको बताए ।

अन्तिम पटक दक्षिण एशियाली खेलकुद साग खेल्ने चाहना पुरा गर्ने तयारीमा रहेका बेला मण्डेलाई बारम्बार एउटा विधा छोड्नका लागि दबाव आउँदा उनको साथमा उनले खेल्ने विभागिए टिम नेपाल पुलिस क्लव र उनको प्रशिक्षक थिए ।

उनले आखिर त्यसो किन गरियो त्यो थाहा छैन, तर जुन तरिकाले मलाई दबाव आएको थियो, त्यसले मलाई कति दिन निद्रा नै नलागेको बताए । प्रतियोगिता सुरु हुन तीन दिन अगाडीसम्म पनि जब एक्रिडेसन कार्ड घाटीमा झुण्डिएन, तवसम्म खेल्न पाउने हो की होइन भन्ने दोधार थियो । त्यसले आफुलाई त्यो बेला निकै दबाव पारेको र त्यहि इखले पनि आफुले प्रतिस्पर्धा गरेको दुबै विधामा स्वर्ण जित्न सफल भएको बताए ।

आखिर यस्तै राजनिती को बाट भयो भन्ने प्रश्नमा उनले खुलेर कुरा गर्न चाहेनन्, तर त्यो बेला आफ्नो आधिकारीक निकाय कराते महासंघले पनि साथ नदिएको गुनासो गरे । पहिलो स्वर्ण जितेपछि मण्डेकाजीले दोस्रो स्वर्ण जित्नैपर्छ भनेर झन हौसला मिलेको बताए ।

उनले यदि पुलिस विभागले साथ नदिएको भए र बाहिरको खेलाडी भएको भए सागमा दोहोरो स्वर्ण जित्ने कुनै मौका नै थिएन । यतिमात्र होईन, दुई वटा विधामा प्रतिस्पर्धा नै गर्न पाउने अवस्था थिएन ।

तर विभाग र प्रशिक्षकले आफ्नो मनोबल उच्च बनाउनका लागि ठुलो साथ दिएको बताए ।

सागमा दोहोरो स्वर्ण जितेपछि मण्डेकाजी निकै समय पुरस्कार थाप्नमा ब्यस्त बने । सागका कारण उनको जीवन नै परिवर्तन भएको उनी आफै ठान्छन । यतिमात्र होईन, कोरोनाको महामारी नभएको भए उनले विभिन्न देशबाट पनि पुरस्कार पाउने थिए । तर कोरोनाले त्यो भने हुन सकेन ।

हेराै मण्डेकाजीको दोहोरो स्वर्णको संघर्षको कथा

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey