सारिएको मितिमा पनि टोकियो ओलम्पिक हुनेमा आशंका !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-२९
  • |
  • 321 पटक हेरिएको

विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी बढेसँगै यसै वर्ष आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्षलाई सारिएको छ ।

अन्य खेलकुदका प्रतियोगिताहरु पनि धमाधम स्थगन भएका छन् । टोकियो ओलम्पिक यसै वर्ष हुनुपर्नेमा अर्को वर्ष सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म गर्ने गरि मिति तय भएको छ ।

तर, टोकियो ओलम्पिक सारिएको मितिमा पनि आयोजना हुनेमा आशंका गरिएको छ । टोकियो ओलम्पिकका मुख्य कार्यकारी अधिकृत ताशिरो मुटोले प्रतियोगिता हुनेमा आशंका व्यक्त गरेका छन् । उभनले भने ‘सारिएको मिति २०२१ मा पनि प्रतियोगिता हुने कुनै ग्यारेन्टी छैन ।’

जापानका प्रधानमन्त्री सिन्जो आवेले यसअघि यसै वर्ष ओलम्पिक हुने विश्वास व्यक्त गर्दै आएका थिए । जसकाका कारण ओलम्पिक टर्च र्‍याली समेत शुरु भइसकेको थियो ।

एथेन्सबाट जापानमा टर्च पनि आइसकेको अवस्थामा बढ्दो कोरोनाको महामारीका कारण सरकारले अहिले आपतकाल पनि घोषणा गरेको छ । आपतकाल घोषण अघि नै ओलम्पिक एक वर्ष पर सारिएको थियो ।

यदि जुलाईसम्ममा कोरोना भाइरसमाथि सफलता हासिल गर्न नसकिए तयारीका लागि पनि समय अपर्याप्त हुने बुझिएको छ । अर्को बर्षका लागि सारिएको ओलम्पिकको केही खेलका छनोट लगाएतका कुराहरु अझैं बाँकी रहेका छन् ।

ओलम्पिक मुख्य कार्यकारी अधिकृत मुटोले अहिले नै अर्को वर्षको ओलम्पिकबारे स्पष्ट जवाफ दिने बेला नआएको बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey