बिभागिए टिम बाहिर बसेर पनि जीवन जिउन सकिन्छ भन्रे उदाहरण बन्छु-प्रतिभा माली

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-११
  • |
  • 779 पटक हेरिएको

काठमाडौं, ११ चैत | नेपाली राष्ट्रिय महिला टिमकी नियमित सदस्य प्रतिभा माली अहिले स्वास्थ्य लाभ गरिरहेकी छिन् । काठमाडौंमा भएको आरबीबी महिला लिग भलिबल प्रतियोगिताको फाइनलमा घाइते भएकी मालीको घुँडाको सल्यक्रिया गरिएको छ । झण्डै ९ महिनासम्म आराम गर्नु पर्ने र फिट भएर कोर्टमा फर्कनका लागि १ वर्ष जतिको समय लाग्ने चिकित्सकहरुले बताएका छन् ।

सल्यक्रियापछि अहिले नियमति फिजियो थेरापीमा जानु पर्ने माली कोरोना भाइरसको त्रासका कारण घरमै बसिरहेकी छिन् । नेप्लेज डटकमसँगको कुराकानीमा मालीले थेरापी गर्नका लागि अहिले अस्पताल जान नपाए पनि घरमै गरिरहेको बताइन् ।

आफूले नेपाली टिमलाई मिस गरिरहेको बताउने मालीले पूर्णरुपमा ठीक भएर एक वर्ष भित्र कोर्टमा फर्कने इच्छा रहेको सुनाइन् ।

सानैदेखि भलिबल खेलमा लागेकी मालीले यसको विकल्पको बारेमा आफूले अहिले पनि सोँच्न नसक्ने बताउँछिन् । अधिकांश खेलाडीहरुको नेपालमा भविष्य सुनिश्चित छैन भनिरहेको बेला केही खेलाडीहरु विदेश जाने छन् भने केही खेलाडीहरु मासिक पारिश्रमिकको व्यवस्था हुने भएकाले तीन वटा विभागीय क्लबहरु (आर्मी, पुलिस, एपीएफ) मा आवद्ध हुन चाहन्छन् । तर राष्ट्रिय खेलाडी माली विभागीय क्लबमा आवद्ध नभएर न्यु डायमण्डबाट खेल्दै आएकी छिन् ।

उनले भनिन् ‘वाहिर बसेर पनि खेल जीवन विताउन सकिन्छ भन्ने उदाहरण बन्न चाहन्छु ।’ उनै प्रतिभा मालीसँग हामीले गरेको यो भिडियो कुराकानी

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey