न्युरोडबिरुद्ध मनाङ ४–१ ले विजयी,उपाधि होड जिवितै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२६
  • |
  • 184 पटक हेरिएको

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिमबिरुद्ध जित निकालेको छ ।

न्युरोडबिरुद्धको खेलमा ४–१ को फराकिलो नतिजा निकाल्दै मनाङ मर्स्याङ्दी लिग अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने उपाधि होडलाई जिवितै राख्न पनि सफल भएको छ ।

मनाङको जितमा अन्जन विष्टले २ गोल गरे भने बिमल राना र जयानन्द सिंह एक एक गोल गर्न सफल भए । पहिलो हाफमा २–० को अग्रता बनाउन सफल मनाङले दोस्रो हाफमा पनि गोल गर्न सफल भयो ।

खेलको ३५ औँ मिनेटमा बिमल रानाले गोल गर्दै टिमलाई शुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफ सकिनुअघि खेलको ४३ औँ मिनेटमा मनाङका लागि अन्जन विष्टले दुई गोल गर्दै पहिलो हाफ अगाडि टिमलाई दोहोरो अग्रता दिलाए । दोस्रो हाफको ६५ औ मिनेटमा अन्जन विष्ट पुःन गोल गर्न सफल भए ।

मनाङले ३–० ले अघि रहको अवस्थामा न्युरोडका लागि खेलमो ८९ औँ मिनेटमा सकल रेग्मीले गोल गर्दै खेललाई ३–१ मा पुय्राएका थिए । तर मनाङका लागि इन्ज्युरी समयमा भिडालको उत्कृष्ट पासमा दयानन्द सिंह गोल गर्न सफल भए । निर्धारित समायमा गोल फर्काउन नसकेपछि मनाङबिरुद्ध न्युरोड ४–१ स्तब्ध हुन पुग्यो ।

जितसँगै मनाङ ११ खेलबाट २३ अंक बटुल्दै लिग अंकतालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ । मनाङले लिगमा ११ खेलमा ६ खेलमा जित ४ खेलमा बराबरी र १ खेलमा हार बेहोरेको छ । त्यस्तै आजको हार न्युरोडको चौथो हार हो न्युरोडको लिगमा ९ खेलबाट १५ अंक रहेको छ भने न्युरोड तालिकाको आठौँ स्थानमा रहेको छ ।

हेराै हाइलाइट्स

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey