प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि चितवनलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०१
  • |
  • 117 पटक हेरिएको

सिन्धुपाल्चोक, रासस । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानुसिरुबारीमा आयोजित वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनले जितेको छ ।

वुधबार भएको फाइनलमा चितवनले रामेछापलाई २५–२०, २५–२३ र २६–२४ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले विजेता टिम चितवनलाई २ लाख दुई हजार २० र उपविजेता रामेछापलाई एक लाख एक हजार १० रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए ।

भलिबलमा जिल्लाकै ठूलो धनराशि पुरस्कार रहेको उक्त प्रतियोगिता गत पुस २६ गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा काठमाडाैं र रसुवाबाहेक ११ जिल्लाको सहभागिता रहेको आयोजक भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रवीन गौतमले जानकारी दिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey