गाैतमबुद्ध क्रिकेट रंगशालाकाे काम धमाधम (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१९
  • |
  • 411 पटक हेरिएको

भरतपुर महानगरपालिका वडा नम्बर १६ मा पर्ने कृषि तथा वन विश्वविद्यालयकाे स्वामित्वमा रहेको २० बिघा ६ कठ्ठा जमिनमा धुर्मुस-सुन्तली फाउन्डेसनले रंगशाला निमार्ण सुरु गरेकाे छ ।

गत वर्षकाे माघमा घोषणा गरिएको रंगशाला निर्माणले गति लिएकाे डेड्ढ महिना मात्र भयाे । अहिले यहाँ ३ सय १३ जना कामदारले एकसाथ काम गरिरहेका छन् । निर्माणस्थलमा एउटा नमूना मैदान, भ्यूटावर र सुन्तला, बदाम र पानीसहितकाे ठेला पसल र खाजा घर पनि छ । जसकाे अाम्दानी रंगशाला निमार्णमै खर्च हुनेछ ।

मैदानकाे परिधी ४ सय ७१ मिटरकाे छ, सातवटा पीच निर्माण भइरहेको छ, जसकाे संयाेजन बरिष्ठ क्युरेटर काेमल पान्डेले गरिरहेका छन् । खेल परिषरमा क्रिकेटसँगै फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।

सबैका लागि एकसाथ निर्माणकाे काम भइरहेको छ । कमलकाे फूल अाधारमा बन्ने मुख्य क्रिकेट रंगशाला २५ हजार क्षमताकाे हुनेछ । यसमा ७७ कक्ष हुनेछन् जसले ७७ जिल्लाकाे प्रतिनिधित्व गर्नेछ ।

हेराै भिडियाेमा

5

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey