महिला भलिबलमा कप्तानकाे भूमिकामा चम्किएकी अरूणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 181 पटक हेरिएको

मुक्तिबाबु रेग्मी ।

भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको २ वर्ष पुरा भएको छैन् । तर यसको उपलव्धिले भने नेपालको शिर उच्च बनाएको छ । पुरुष टिमले आशातित सफलता दिलाउन नसकि रहेका बेला महिला भलिबलले भने एक पछि अर्को सहभागितामा नेपालको शिर उच्च बनाउने काम गरेको छ । हालै बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन वुमन् भलिबल च्याम्पियन्ससिपमा स्वर्ण पदक जित्दै नेपाली महिला टिमले अन्तर्राष्ट्रिय एरेनामा नेपालको भण्डा फहराई सकेका छन् ।

एकै छिन हामीले विगतको कुरा गरौं । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद साग आयोजना गर्ने जिम्मेवारी लिएको थियो । त्यसबीचमा एसियन गेम्समा सहभागिता जनाउँदा नेपाली महिला भलिबल टिमलाई मेडल आउँदैन किन पैसा खर्च गर्ने भनेर सहभागिता जनाउन दिइएन् । त्यतिबेला नेपाली खेलाडीहरु निराश भएका थिए । आफूलाई मौका नै नदिइ मेडल आउँदैन भनेर प्रतियोगिताबाट रोक्नु नेपाली खेल पदाधिकारीले ठूलो अपमान गरेको भन्दै असन्तुष्टि पनि जनाए ।

नेपालले साग खेलकुदका लागि टिम बनाउने उपयुक्त माध्यम भनेको गत बैशाखमा प्रदेश पाँचमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार बनाएको थियो । सोही प्रदर्शनका आधारमा नेपाली महिला टिमको घोषणा हुँदै धेरै नै आश्चर्यमा परेका थिए । कारण थियो । तत्कालिन अर्थात नियमित कप्तान विनिता वुढाथोकी र उप कप्तान मञ्जु गुरुङ नै थिएनन् । त्यतिबेला नेपाली टिममा नयाँ र पुराना खेलाडीहरुलाई मौका दिइएको थियो । साथै प्रशिक्षक पनि नयाँ नै आए ।

हुन त अहिले प्रशिक्षण गराइरहेका जगदीश भट्ट नयाँ प्रशिक्षक भने होइनन् । उनले यसअघि पुरुष टिम हेरिरहेका थिए । उनलाई नै महिला टिमको प्रशिक्षक बनाएर नेपाल भलिबल संघले पठायो । उनको आगमनसँगै नेपाली टिमको मनोबल उचो भएको छ । साथै राष्ट्रिय खेलकुद परिषद् राखेपले पनि भलिबललाई हेर्ने नजर परिवर्तन गरेको छ । अरु खेलको भन्दा १५ दिन अघि नै खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लगाएको राखेपले थाइल्याण्डमा वैदेशिक प्रशिक्षणको पनि व्यवस्था मिलायो ।

थाइल्याण्ड जानु अघिसम्म नेपाली टिमको नयाँ कप्तान को हो भन्ने कसैलाई थाहा थिएन् । थाइल्याण्ड जाँदा अरुणा शाहीलाई कप्तानको रुपमा पठायो । २१ दिनको थाइल्याण्डको प्रशिक्षण पछि नेपाल फर्किएको भोलिपल्टै नेपाली टिम बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन खेल्नका लागि गएको थियो । बंगलादेशमा नेपाली टिमले खेलको १५ सेट कुनै पनि गुमाएन भने स्वर्ण पदक जित्दै इतिहास रच्न सफल भयो ।

सेन्ट्रल जोनमा गरेको प्रदर्शनकै आधारमा सोही टिममा रहेका १२ जना खेलाडीमा अरु २ जना थप गर्दै नेपाली टिम सागका लागि तयार भयो । समूह चरणमा भारतसँग पराजित भएको नेपालले सेमिफाइनलमा श्रीलंकामाथि जित निकाल्दै फेरि भारतसँग फाइनल भिडन्त पक्का गरेको थियो । जसमा नेपालले समूह चरणको बदला लिने माैका थियाे । अहिले सम्म भारतलसँग नेपाली महिला टिमले सेट जित्न पनि हम्मे हम्मे परेका बेला  सागमा नेपाली महिला टिमले भारतसँग पहिलाे सेट गुमाए पनि लगतार २ सेट जित्दै उत्कृष्ट लय लिएकाे थियाे । तर चाैथाे र पाँचाै‌ं सेटकाे नतिजाले नेपाल स्वर्ण पदक नजिक पुगेर पनि रजत पदक जित्दै इतिहास भने कायम गर्न सफल भयाे ।

कप्तान शाहीले कप्तानको रुपमा बंगलादेशमा डेव्यु गर्दै स्वर्ण पदक जिताएर नेपाललाई गुण लगाइसकेकी थिइन् । अब पालो थियो त सागको । बंगलादेशमा स्वर्ण पदक जित्दा नेपाली भलिबललाई नराम्राे भन्नेहरुले सेन्ट्रल जाेनमा भारत थिएन, श्रीलंका थिएन  पनि भने ।

त्यसकाे जवाफ कप्तान अरुणा र उनकाे टिमले नेपाली टिमलाई फाइनलमा पुर्‍याएर दिइसकेका थिए । अहिलेसम्म नेपाली महिला टिम सागमा कास्य पदक मात्रै जित्न सफल भएकाेमा टिम फाइनल पुगेसँगै कम्तिमा रजत पदक पक्का गरेको थियो ।

फाइनलमा नेपाली टिमलाई कुनै प्रेसर पनि थिएन ।  कारण थियो नेपालले इतिहास बनाइसकेको र स्वर्ण जित्दा झनै राम्रो हुने अवस्था भएकाले पनि नेपाली खेलाडीहरु विना प्रेसर दिलो ज्यान दिएर खेले । यसको श्रेय कप्तान अरुणा र उनकाे टिमलाई जान्छ । साथै नेपाली टिमकी प्रतिभा माली र सरस्वती चौधरीको जति नै प्रशंसा गरे पनि कम हुन्छ । सरस्वतीले सेन्ट्रल जोनमा घाइते भएकाले त्यतिबेला धेरै खेल खेल्न पाएकी भने होइनन् ।

तर सागमा उनले आफूलाई निकै नै उत्कृष्ट प्रर्दशन गरिन् । यसैगरी प्रतिभा माली सेन्ट्रल जोनको उत्कृष्ट खेलाडी पनि हुन् । उनको प्रदर्शनले नै नेपाली टिमलाई धेरै सफलता दिलाएको छ । सागमा पनि उनले उत्कृष्ट लय कायम राख्दै हरेक एंगलमा प्वाइन्ट ल्याउन सफल भइन् ।
कम बोल्ने कप्तान अरुणालाई यो पदकले सधै चिन्ने छ । कारण उनले लगातार २ ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सफलता दिलएकाेमा  । बधाई नेपाली महिला भलिबल टिम तथा कप्तान अरुणालाई ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey