सेन्ट्रल जोनमा स्वर्ण पदक जितेका खेलाडीलाई भलिबल संघले जनही २५ हजार दिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-३०
  • |
  • 253 पटक हेरिएको

एभीसी सेन्ट्रल जोन वुमन्स सिनियर भलिबल प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक जितेका खेलाडीहरु अफिसियलहरुलाई नेपाल भलिबल संघले जनही २५ हजार पुरस्कार प्रदान गरेको छ ।

संघको शनिबार बसेको बैठकले स्वर्ण पदक विजेता खेलाडी १२ जना र ४ जना अफिसियलहरुलाई जनही २५ हजार प्रदान गर्ने निर्णय गरेको महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।

बंगलादेशको ढाकमा भएको सेन्ट्रल जोनमा नेपाली महिला टिमले अपराजित रहँदै स्वर्ण पदक जितेको थियो । विहीबार फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको थियो । शुक्रबार काठमाडौं फर्किएको टिमलाई भव्य स्वागत गरिएको थियो ।

सोही स्वागत समारोहमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले सरकारले जनही तीन लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।

संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले पनि व्यक्तिगतरुपमा जनही १० हजार प्रदान गर्ने बताए । योसँगै स्वर्ण विजेता खेलाडीले जनही ३ लाख ३५ हजार पाउने छन् । एभीसी सेन्ट्रल जाेनमा नेपालसहित, ब‌ंगलादेश, अफगानिस्तान, कीर्गिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey