सुपरसिक्समा जिम्बावेको शानदार जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०२
  • |
  • 139 पटक हेरिएको

चैत २ । आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सुपरसिक्सको खेलमा जित हात पार्दै जिम्बावे लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

जिम्बावेले आयरल्याण्डलाई १०७ रनको भारी अन्तरले हराउँदै तालिकामा ५ अंक बनाएको छ । सुपर सिक्समा पुग्ने सबै टिमले ३–३ खेल खेल्दा जिम्बावे र स्कटल्याण्ड ५ अंक सहित अग्रस्थानमा छन् ।

समान अंक भएपनि रनरेटका आधारमा जिम्बावे अघि छ ।

आयरल्याण्ड विरुद्धको खेलमा सिकन्दर राजाले ६९ रनको योगदान दिएपछि जिम्बावेले ५० ओभरमा ९ विकेट गुमाउँदै २११ रन बनाएको थियो । सिकन्दर राजा बाहेक ब्रेण्डन टेलरले सर्वाधिक २५ रनको योगदान दिए ।

२१२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ३२.२ ओभरमा १०४ रनमा अलआउट भयो । आयरलयाण्डका पाउल स्टिर्लिङले सर्वाधिक ४१ रनको योगदा दिँदा अन्य ब्याट्सम्यानले खराब प्रदर्शन गरे ।

आयरल्याण्डलाई सस्तैमा समेट्नका लागि टेण्डाई चोसोरो र ग्रिम क्रिमरले ३–३ विकेट लिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey