सन्दिप लामिछानेले सिकाउँदा बलिङमा धेरै फरकपन आयो – तिलक भण्डारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-१८
  • |
  • 340 पटक हेरिएको

नेपालले यू १९ इस्टर्न रिजन च्याम्पियनसिपको पहिलो खेलमा चीन विरुद्ध खेल्दा डेब्यु गरेका तीन खेलाडीमा एक हुन तिलक राज भण्डारी । डेब्यु खेलमा नै तीन विकेट लिन सफल तिलकले पहिलो खेल खेल्दाको अनुभव यसरी सुनाए ।

डेब्यू म्याचमा तीन विकेट । कस्तो लागेको छ ?
खुसी लागेको छ । सरहरुले मौका दिनु भयो । विकेट लिएपछि कप्तान, प्रशिक्षक र टिमका साथीहरु पनि खुसी थिए ।

बलिङ गर्नका लागि कप्तानले हातमा बल थमाएपछि कस्तो महसुस भयो ?
त्यस्तै नर्भस त भएको थिएन । टियू मैदानमा पनि धेरै अभ्यास गरेको थिएँ ।

बलिङ गर्दा दिमागमा के चलिरहेको थियो ?
लाइन र लेन्थमा फोकस गर्नुपर्छ । विकेट हात लाग्छ भन्ने सोचिरहेको थिए ।

अर्को म्याचमा प्लेइङ सेटमा पर्छु जस्तो लाग्छ ?
मौका पाउँछु भन्नेमा विश्वास छ । अर्को म्याच पनि महत्वपूर्ण छ । सबै म्याच जित्ने सोचका साथ आएका छौं । आफ्नो एरियामा बलिङ गरेको खण्डमा विकेट आउँछ ।

तपाईको मनपर्ने बलर को हो ?
युज्वेन्द्र चाहल ।

क्याम्पमा आएपछि आफ्नो क्षमतामा कस्तो परिवर्तन पाउनु भयो ? प्रशिक्षकले के–कस्तो कुरा सिकाउनु भयो ?
क्याम्पमा आउँदा हल्का स्लो थियो । अहिले स्पीड बढेको छ । प्रशिक्षक (विनोद दास) र स्यान्डी (सन्दिप लामिछाने) ले पनि सिकाउनु भयो । पहिला बांगो रनअफ लिन्थेँ, सिधा लिन सिकाउनु भयो ।

तपाई पनि लेगस्पिनर । सन्दिप लामिछानेले कस्तो टिप्स दिनुभयो ?
रनअफ सिकाउनु भयो, स्पीड बढाउन भन्नु भयो । गुग्लीको रिलिजिङ पोइन्टका बारेमा पनि बताउनु भयो । त्यसले गर्दा आत्मविश्वास अलि बढेको छ ।

भिडियो

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal