अफगानिस्तानका सहजाद २ खेलको प्रतिबन्धमा, नेपाल विरुद्द खेल्न नपाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२३
  • |
  • 174 पटक हेरिएको

अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद सहजाद आइसीसी विश्वकप छनोटको दुई खेलको प्रतिबन्धमा परेका छन ।

आइसीसीको आचर संहिता उल्लघंन गरेको भन्दै सहजादलाई २ खेलको प्रतिबन्ध लगाएको हो । जिम्बावे विरुद्धको खेलका क्रममा आइसीसीको आचार संहिताको आर्टिकल २.१.८ अन्तर्गत क्रिकेट सामाग्रिको दुरुपयोग गरेको भन्दै उनलाई दुई खेलको प्रतिबन्ध लगाएको हो ।

साथै उनलाई १०० प्रतिशत म्याच फि को फाइन पनि लगाएको छ । यसअघि पनि सहजाद डोपिङका कारण २०१६ मा प्रतिबन्ध लागेको थियो । दुई खेलको प्रतिबन्धमा परेपनि उनले नेपाल र हङकङसंगको खेल गुमाउने भएका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey