नेपालको १०० रन पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२६
  • |
  • 175 पटक हेरिएको

माघ २६ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अहिले नेपाल र ओमानवीच खेल भइरहेको छ ।

नामिवियाको विन्डहक मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १०० रन पुरा गरेको छ । ३४.१ ओभरमा १०० रन पुरा गर्नका लागि नेपालले ६ विकेट खर्चिएको छ ।

सुस्त सुरुआत गरेको नेपालले ५० रन बनाउनका लागि २ विकेट खर्चिएको थियो ।

उपकप्तान ज्ञानेन्द्र मल्ल पाँचौं ओभरको अन्तिम बलमा ओमानका विकेट किपरबाट क्याच आउट भए । कलिमुल्लाहको बलमा सुल्तान अहमदबाट क्याच आउट हुनु पूर्व ज्ञानेन्द्रले ७ रन बनाएका थिए ।

त्यसपछि क्रिजमा आएका पारस खड्कासँग मिलेर ओपनर दिलिप नाथले २८ रनको साझेदारी गरेपछि क्याचआउट भए । दिलिप ब्यक्तिगत १९ रनमा फियाज भुुटको बलमा ओडेड्राबाट क्याचआउट भएका थिए ।

त्यसपछि आरिफ शेख पनि ६ रन बनाएर आउट भए । नेपालको स्कोर ५६ रन हुँदा कप्तान पारस खड्का पनि ब्यक्तिगत १७ रनमा आउट हुँदा नेपालको ब्याटिङ धरापमा परेको थियो । पारसलाई कलिमुल्लाहले बोल्ड गरेका थिए ।

पाचौं विकेटलागि दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले सुुस्त रहेको नेपाली पारीलाई केही गति दिए ।

त्यसपछि ३१ औं ओभरमा दिपेन्द्रसिंह ऐरी (२० रन) र ३२ औं ओभरमा बसन्त रेग्मी (१ रन) बनाएर आउट भए ।

बलिङतर्फ कलिमुल्लाहले नेपालको तीन विकेट लिएका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey