काठमाडौंले टस जित्यो

  • Image नेप्लेज
  • १६ कार्तिक २०८३, सोमवार
  • 90 पटक हेरिएको
काठमाडौंले टस जित्यो

काठमाडौं । पहिलो खेलमा पराजित काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सविरुद्ध टस जितेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान करण केसीले बलिङ रोजेका हुन्।

गत बिहिबार विराटनगर किंग्सविरुद्ध खेलेको कर्णालीको टोलीमा एक परिवर्तन भएको छ। विदेशी खेलाडी अकबर अलिको स्थानमा जिसाान अलिले स्थान बनाएका छन्।