उपाधिका लागि एपिएफ र ईस्ट बङ्गाल भिड्दै
-
नेप्लेज
- |
- २०८२-०९-०५
- |
- 623 पटक हेरिएको
काठमाडौँ। साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ।
फाइनलमा नेपालको एपिएफ क्लब र भारतको इस्ट बङ्गाल भिड्दैछन्। यो खेल नेपाली समयअनुसार साँझ ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ।
यसअघि लिग चरणका खेलमा एपिएफ र इस्ट बङ्गाल दुवै अपराजित रहेका छन्। इस्ट बङ्गालले ४ खेलमा ३ जित र एक बराबरी खेल्दै १० अंक हासिल गरेको थियो भने एपिएफले ४ खेलमा २ जित र बराबरी खेल्दै ८ अंक हासिल गरेको थियो।
लिग चरणमा भएको दुवैबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो।