विश्वकप फुटबलकाे सेमिफाइनल अाजदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-२६
  • |
  • 206 पटक हेरिएको

काठमाडौँ, २६ असार । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल आज राति देखि शुरु हुदैँछ ।

विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्दैछन् ।आज राति हुने पहिलो सेमीफाइनलमा फ्रान्स बेल्जियम भिड्ने छन् । खेल नेपाली समय अनुसार राति पौने १२ बजे शुरुहुने छ ।

क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई सून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

यसैगरी बेल्जियमले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो ःथान सुरक्षित गर्न सफल भएको छ ।

विश्वकप प्रतियोगिता अन्तर्गत बुधबार राति पौने १२ बजे इङ्ल्याण्ड र क्रोएशिया आमनेसामने हुनेछन् ।
इंङ्ल्याण्डले स्वीडेनलाई २–० तथा क्रोएशियाले रुसलाई पेनाल्टी सूटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षीत गरेका हुन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey