नेपालले बंगलादेशको सामना गर्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 434 पटक हेरिएको

काठमाडौं । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी२० विश्वकप सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान बंगलादेशको सामना गर्दैछ । 

दक्षिणअफ्रिकासँग एक रनको पीडादायी हार व्यहोरेर एक खेल अगावै जारी विश्वकपको पहिलो चरणबाटै बाहिरिइसकेको नेपाल टेष्ट राष्ट्रलाई हराएर इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने छ। 

नेपाल र बंगलादेशबीचको खेल बिहान ५ः१५ बजे सुरु हुनेछ। उक्त खेल किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा खेलिने छ। १८ हजार दर्शक क्षमताको यो स्टेडियम क्यारेबियन क्षेत्रको निकै पुरानो स्टेडियम हो।

तर, नेपाली खेलाडीहरूले दक्षिण अफ्रिकासँग भोगेको एक रनको पराजयको पीडा आलै छ। यही हारको पीडाले होला उनीहरु आइतबारको नियमित अभ्यासमा सहभागी नभएको जानकारी प्राप्त भएको छ। 

मंगलबार बिहान बंगलादेशविरुद्ध जित निकाल्दै इतिहास रच्ने एक अर्को अवसरको सदुपयोग गर्न समेत उनीहरुलाई त्यो पीडामा रुमल्लिइरहने समय भने छैन। 

शनिबार बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। त्यसअघि आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकासँगको खल वर्षाका कारण रद्द भएको थियो। 

घर फर्किनुअघि टी२० विश्वकपको सुखद अन्त्य गर्न चाहेको र यो प्रतिष्ठाको खेल हुने कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले खेल सुरु हुनुअघि गरिएको पत्रकार सम्मेलनमा धारणा राखेका थिए। 

आईसीसी टी२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो। नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी२० विश्वकप खेलेको थियो। बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो। बंगलादेशसँग १० वर्षअघिको हारको बद्ला लिने अवसरका नेपाली क्रिकेट समर्थकहरुले लिइरहेका छन्। 

नेपालको सम्भावित प्लेइङ ११ 
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey