नेदरल्यान्डको पुनरागमन जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 453 पटक हेरिएको

काठमाडौं । यूरोकप २०२४ अन्तर्गत समूह डी को पहिलो खेलमा नेदरल्यान्डले पुनरागमन जित हासिल गरेको छ। 

जर्मनीको भोक्सपार्क स्टेडियममा आइतबार सम्पन्न खेलमा नेदरल्यान्डले पोल्यानडविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो। 

खेलमा एक शून्य गोलले पछि परेको नेदरल्यान्डका लागि कोडी गाक्पो र वाउट वेघोरएसडीले समान १/१ गोल गरे। 

यता पोल्यान्डको लागि एडम बुक्साले गरेको पहिलो गोल सान्त्वना बनयो। 

जितसँगै नेदरल्यान्ड्ले १७औँ संस्करणको युरोकपमा तीन अंक जोडेर समूह डी को शीर्ष स्थानमा रहेको छ। पराजित पोल्यान्ड भने पूछारमा छ। यस समूहमा फ्रानस र अस्ट्रिया रहेका छन्। 

खेलको १६औँ मिनेटमा एडम बुक्साको गोलमा पोल्यान्डले सुरुआती अग्रता बनाएको थियो। तर, नेदरलयनडका लागि २९औँ मिनेटमा गाक्पोले गोल गर्दै खेल १–१ को बराबरी अबस्थामा ल्याए। 

८३औँ मिनेटमा वाउटले गोल गरेपछि नेदरल्यान्ड २–१ ले विजयी भयो। 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey