ग्यालेक्सी स्कुल तेस्रो प्याब्सन कपको फाइनलमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 350 पटक हेरिएको

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा विराटनगरको ग्यालेक्सी स्कुल पुगेको छ । 

प्याब्सन विराटनगरको आयोजनामा आइतबार विराटनगरको सहिद मैदानमा  भएको पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३– २ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको हो । 

जितको लागि ग्यालेक्सीको तर्फबाट सुमित सिंह, इकबल मिरा र एमडी सादिज अफतारले गोल गरे । 

मोर्डन एराको तर्फबाट अमन माझी र सुमन उराउँले मात्र गोल गरे । प्लेर अफ द म्याच ग्यालसक्सी स्कुलका एमडी सादिज अफतार घोषित भए  ।

फाइनल यात्राको लागि गोदावरी स्कुल र डिपिएस स्कुलबीच मंगलबार हुनेछ । गोदावरी र डिपिएसबीच हुने बिजेता टिम उपाधिको लागि ग्यालेक्सी स्कुलसँग भिड्नेछ ।  

आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा गोदावरी स्कुलले सगरमाथा स्कुललाई टाइब्रेकरमा ८–७ गोलले पराजित गर्यो ।  डिपिएस स्कुलले सेन्टजोसेफ स्कुललाई टाइब्रेकरमा ३–२  गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey