यु-२० र १७ राष्ट्रिय टोलीका लागि खुला छनोट हुने
![](https://neplays.com/img/posts/Anfa-U13.jpeg)
-
नेप्लेज
- |
- २०८१-०३-०२
- |
- 326 पटक हेरिएको
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु-२० र १७ राष्ट्रिय फुटबल टोलीका लागि खुला छनोट गर्ने भएको छ।
एन्फाले सातै प्रदेश र जिल्ला संघलाई आइतबार पत्राचार गरेको छ।
एन्फाको अनुसार प्रदेशले असार १० देखि १५ सम्म यु-२० र असार १७ देखि २२ सम्म यु-१७ का खेलाडी छनोट गरिसक्नु पर्छ।
यसैगरी एन्फाले असार १८ देखि २५ सम्म यु-२० र साउन २५ देखि ३२ सम्म यु-१७ टोलीको छनोट गर्नेछ।
यु-२० को छनोटमा २०६१ पुस १६ देखि २०६४ पुस १६ तथा यु-१७ को छनोटमा २०६४ पुस १७ देखि २०६७ पुस १६ सम्म जन्ममिति भएकाले भाग लिन पाउने छन्।
यु-२० साफ साउन ३२ देखि भादै १२ गतेसम्म नेपाल तथा यु-१७ साफ आश्विन २ देखि १२ गते भुटानमा हुनेछ।
यसैगरी छनोट भएका खेलाडीले आ-आफ्नो उमेर समूहको एसियन कप छनोटमा पनि सहभागिता जनाउनेछन्। यु-२० र यु-१७ एसियन कपको छनोटअन्तर्गत नेपालका खेल क्रमशः चाइनिज ताइपेई र कतारमा हुनेछ।