युरोकपमा आइतबार तीन खेल हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 379 पटक हेरिएको

काठमाडौं । युइएफए युरोकप २०२४ अन्तर्गत आइबतार तीन खेल हुँदैछ। 

आइतबार हुने समूह 'डी' को पहिलो खेलमा पोल्यानडले नेदरल्यान्डको सामना गर्नेछ। 

जर्मनीको भोक्सपार्क स्टेडियन हुने यो खेल नेपाली समयअनुसार आइतबार साँझ ६:४५ बजेबाट सुरु हुनेछ। 

यस्तै आइतबार हुने दिनको दोस्रो खेलमा स्लोभेनियाले डेनमार्कसँग प्रतिस्पार्धा गर्नेछ। 

समूह 'सी' मा रहेका यी दुई टोलीबीचको खेल साँझ ९:४५ बजेबाट एमएचपी एरेनामा हुनेछ। 

समुह 'सी' कै अर्को खेलमा सर्बियाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली समयअनुसार राति १२:४५ बजेबाट यो खेल भेल्टिन एरेनामा सुरु हुनेछ। 

यस्तै जारी प्रतियोगितामा आयोजक जर्मनी, स्वीट्जरल्यान्ड, स्पेन, इटालीले विजयी सुरुआत गरि सकेका छन्।

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey