यमनसँग खेल्दै नेपाल

Kelmi

  • |
  • २०८१-०३-०१
  • |
  • 722 पटक हेरिएको

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल यमनसँग प्रतिस्पर्धा गर्दैछ।

समूह “एच” मा रहेको नेपाल र यमनबीचको खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा नेपाली समयअनुसार राति ११ः४५ बजेबमट सुरु हुनेछ।

पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको नेपालले दोस्रो लेगमा कम्तिमा पनि एक अंक लिन चाहान्छ। नेपाल समूह “एच” मा अंक विहिन रहेको छ भने यमनको चार अंक रहेको छ।

नेपालले हालसम्म पाँच खेलमा कुनै पनि खेल जितेको छैन। यमन भने एक जित, एक बराबरी र तीन खेलमा हार व्यहोरेको छ। नेपालले हालसम्म कुनै गोल पनि गरेको छैन भने १८ गोल ब्यहोरेको छ।

नेपाली टोली:
गोलकिपर: किरन चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल
डिफेन्डर: अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, सनिश श्रेष्ठ, रोहित चन्द
मिडफिल्डर: भरत खवास, लाकेन लिम्बू, मणि कुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई
फरवार्ड: जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिक बाबु चौधरी

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal