क्यानलाई राखेपको ध्यानाकर्षन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-२५
  • |
  • 1022 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्व कप पुरुष टी– २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्णरुपले केन्द्रीत गर्न/गराउन शुक्रबार ध्यानाकर्षन गराएको छ ।

‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पूर्णरुपले केन्द्रीत भइ उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षणलगायतका कार्यहरु गर्नु पर्ने समयमा नेपाली समाजको नाममा विभिन्न स्थानमा प्रतियोगिताको सम्मुख आयोजना भएका ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा राष्ट्रिय टिमका खेलाडीहरुलाई सहभागी गराउनाले टिमको व्यवसायिक स्तरको विषयमा चासोका सन्दर्भमा राखेपको गम्भीर ध्याणाकर्षन भएको छ ।’

राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले क्यानलाई पठाएको पत्रमा भनिएको छ ।

राखेपले अन्य व्यक्ति तथा संस्थाले आयोजना गर्ने कुनैपनि खालका कार्यक्रममा सहभागी नहुन/नगराउन तथा आफ्नो खेलमा पूर्णरुपमा केन्द्रीत भइ आवश्यक कार्यका लागि क्यानलाई निर्देशन दिएको छ । ग्रान्डपेरि स्टेडियममा जुन ४ मा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गरेको छ ।

तर उक्त खेलमा नेपाल पराजित भएको थियो । अहिले नेपाली टिमको तयारीका विषयमा पनि प्रश्न उठ्न थालेको छ । एक महिना अगाडि नै पठाएर व्यस्त बनाएको टोलीको प्रदर्शनका कारण आम समर्थकहरु निराश भएका छन् भने अमेरिकाको व्यस्त शैलीका कारण पनि टिमको प्रदर्शन खस्किएको रुपमा टिकाटिप्पणी भइरहेको छ । 

विश्वकप खेल्नका लागि कुनै तयारी कमजोर नहोस् भन्ने उद्देश्यले सरकाले पनि राम्रे बजेट विनियोजन गरेका बेला अहिले नेपाली खेलाडीहरुलाई अमेरिकाका रेष्टुरेन्टमा लगेर उनीहरुलाई देखाएर माग्ने काम भएको भन्दै राखेपले चासो व्यक्त गरेको हो ।

प्रतियोगिता अगाडि खेलाडीहरुलाई बन्दप्रशिक्षणमा राख्नुको साटो घुम्न गएका जसरी होटेल होटेल र विभिन्न समूहका कार्यक्रममा  गएर ‘मिट एन्ड ग्रीट’ गरेको आफूले पनि थाहा पाएको र यसले सकारात्मक सन्देश नदिएको राखेपको भनाई छ ।। चार तारिखको खेल अघि ३ तारिखसम्म भएका कार्यक्रमहरुले नै खेलाडीहरुलाई अप्ठेरो गरेको राखेपको बुझाइ छ ।

टेक्सासबाट अहिले नेपाली टोली फ्लोरिडा गएको छ । त्यहाँ पनि यस्ता मिट एन्ड ग्रीटका कार्यक्रमहरु राखिएको छ ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal