अल नासर रियादसँग हारबाट जोगियो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-११
  • |
  • 286 पटक हेरिएको

काठमाडौँ । साउदी प्रो लिगमा अल नासर अल रियादसँग हारबाट जोगिएको छ। 

प्रिन्स फैसल बिन फहद स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा रियाद र नासरले २-२ गोलको बराबरी खेलेका हुन्।

यो बराबरीसँगै ३३ खेलबाट ७९ अंक जोडेको नासर दोस्रो स्थानमा छ भने समान खेलबाट ३२ अंकसहित १४औँ स्थानमा छ।

खेलको १५औँ मिनेटमा ओटाभियोले गोल गर्दै नासरलाई शुरूआती अग्रता दिलाएका थिए। उनले मार्सेलो ब्रोजोभिकको पासमा गोल गरेका थिए।

२६औँ मिनेटमा वाई अल शेहरीको पासमा आन्द्रे ग्रेले गोल गर्दै रियादलाई खेलमा फर्काए। पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा शेहरीकै पासमा मोहम्मद अल(अकेलले गोल गर्दै रियादलाई २-१ को अग्रता दिलाए।

तर, दोस्रो हाफको इन्ज्युरी समयको सातौँ मिनेटमा मेशारी फहादले गोल गर्दै नासरलाई हारबाट जोगाए। 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey