नीति तथा कार्यक्रममा खेलकुद, प्रतियोगिता र पूर्वाधारमा लगानी बढाइने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-०१
  • |
  • 701 पटक हेरिएको

काठमाडौं । सरकारले नेपालको परम्परागत तथा मौलिक खेलहरुको प्रबन्ध र क्षमतावान खेलाडीहरुको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्ने घोषणा गरेको छ ।

मंगलबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अगामी आर्थिक वर्षमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने बताए ।

अन्तर्राष्ट्रिय खेलकु्द प्रतियोगितामा नेपालको सहभागिता बढाइने पनि उनले सुनाए ।

आधुनिक प्रविधियुक्त स्पोर्टस्को अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सरकारको नीति रहेको पौडेलले बताए ।

त्यस्तै, विद्यालयस्तरका शिक्षक र विद्यार्थीहरुलाई खेलकुदसम्बन्धि तालिम दिइने नीति तथा कार्यक्रममा छ । बालबालिकाको उमेरगत खेलकुदको आयोजना गरिने सरकारको नीति रहेको पौडेलले बताए ।

खेलाडीको भत्ता र वृत्तिविकासका लागि विशेष कार्यक्रमको आयोजना गरिने नीतिमा छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी खेलाडीहरुलाई सम्मान तथा जीवन निर्वाह भत्ता प्रदान गरिने पौडेलले बताए ।

त्यसैगरी, खेलकुद पूर्वाधारलाई उच्च प्राथमिकतामा राखी काठमाडौंको मूलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणमा तीव्रता दिइने उनले बताए ।

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा निर्माण गर्ने सरकारको नीति रहेको संसद्को संयुक्त सदनमा घोषणा गरिएको छ ।

***

१.  सबैका लागि खेलकुद तथा योग अभ्यासको अवसर सिर्जना गरिनेछ। नेपालको मौलिक एवम् परम्परागत खेलहरूको प्रवर्द्धन गर्न तथा प्रतिभावान खेलाडीको खोजी गर्न राष्‍ट्रियस्तरका प्रतियोगिता आयोजना गरिनेछ। आगामी आर्थिक वर्षमा दसौं राष्‍ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ। अन्तर्राष्‍ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाइनेछ। आधुनिक प्रविधियुक्त इ-स्पोर्टसको अन्तर्राष्‍ट्रिय प्रतियोगिता आयोजना गरिनेछ।

२.  विद्यालयस्तरका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइनेछ। बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता  सञ्‍चालन गरिनेछ। खेल क्षेत्रमा महिला सहभागिता बढाइनेछ। खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ। अन्तर्राष्‍ट्रियस्तरका खेलुकद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्नुका साथै जीवन निर्वाह भत्ताको व्यवस्था गरी उनीहरूको मनोबल उच्च राखिनेछ।

३.  खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिनेछ। काठमाडौंको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्‍गशाला निर्माणलाई तीव्रता दिइनेछ। चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्‍गशालाको निर्माण सङ्‍घ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ। कीर्तिपुर क्रिकेट रङ्‍गशालाको स्तरोन्‍नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइनेछ।

 

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal