प्रिन्स दाहालले पेरिस ओलम्पिक खेल्ने 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२९
  • |
  • 1227 पटक हेरिएको

नेपालका प्रिन्स दाहालको पेरिस ओलम्पिक खेल्ने पक्का भएको छ ।

यसै वर्षको जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्सको राजधानी पेरिसमा हुने ग्रीष्मकालिन ओलम्पिक गेम्समा नेपालका शीर्ष वरियताका खेलाडी प्रिन्स सहभागी हुने भएका हुन् । ब्याडमिन्टन वल्ड फेडरेसनका अनुसार नेपालका प्रिन्ससँगै एल साल्भाडोर र काजकिस्तानका खेलाडीले पनि ओलम्पिकमा स्थान बनाएका छन् ।

प्रिन्स दाहाल ओलम्पिक खेल्ने पहिलो ब्याडमिन्टन खेलाडी बन्ने ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेले जानकारी दिए । नेपाल ओलम्पिक कमिटी र  ब्याडमिन्टन संघबीच औपचारिक पत्राचार भएपछि प्रिन्सको ओलम्पिक खेल्ने पक्का हुने संघका कोषाध्यक्ष पाण्डेले बताए । प्रिन्सले सिंगल्समा प्रतिस्पर्धा गर्ने छन् । उनी विश्व वरियतामा १७९ औं स्थानमा छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey