जुडो टोली काजाखस्तान जाँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२५
  • |
  • 337 पटक हेरिएको

काजाखस्तान बरिसी ग्रान्ड स्लाममा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली जुडो टोली बुधबार काजाखस्तानको अस्ताना प्रस्थान गर्ने भएको छ । प्रतियोगिता मे १० देखि १२ तारिखसम्म हुनेछ ।

पेरिस ओलम्पिकका लागि छनोट आधारका रुपमा रहेको प्रतियोगितामा मनीता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । मनीता ओलम्पिक सोलिडारिटी छात्रवृत्ति प्राप्त खेलाडी भएको नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष श्रेष्ठले जनाएका छन् ।

प्रशिक्षकमा देबु थापा छिन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey