घाइते सुर्यकुमारले शतक हान्दा मुम्बईद्वारा हैदराबाद ७ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२५
  • |
  • 557 पटक हेरिएको

इण्डियन प्रमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ ।

सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा सुर्यकुमार यादवले ५१ बलमा शतकीय योगदान दिँदा घरेलु टोलीले गुमाइसकेको खेल जितेको हो ।

५१ बल सामना गरेका सुर्यकुमार यादव १०२ बनाएर नटआउट रहे । सुरुमै घाइते भएका सुर्यकुमारले १२ चौका र ६ छक्का प्रहार गरे । उनलाई क्रिजमा साथ दिएका तिलक वर्माले पनि ३७ रन बनाए ।

तिलकले ६ वटा चौका प्रहार गरेका थिए । १७४ रनको लक्ष्य पछ्याएको मुम्बईले पाँचौं ओभरमा पुग्दा तीन विकेटको क्षतिमा ३१ रन बनाएको थियो ।

इशान किसान, रोहित शर्मा र नमन धिर आट भएपछि क्रिकेटमा पुगेका सुर्यकुमार यादव र तिलक वर्माले १४३ रनको साझेदारी गरे । चौथो स्थानमा रहेरको हैदराबादले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।

राम्रो ब्याटिङ चल्न नसकेको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८ रन बनाएपनि अन्य ब्याटरबाट राम्रो साथ पाएनन् । सँगै आएका ओपनर अभिषेक शर्मा ११, मायंक अगरवाल ५, नितिस कुमार रेड्डीले २०, हेनरिच क्लासेनले २, मार्को यान्सेनले १७, शहबाज अहमेदले ३ रन बनाए । अन्तिममा कप्तान प्याट कमिन्सले ३५ रन बनाएर हैदराबादलाई बलियो योगफल दिलाएका थिए । बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या र पियुश चावलाले तीन तीन विकेट बाँडे ।

प्लेअफमा पुग्ने ढोका बन्द भइसकेको मुम्बईले १२ खेलबाट आठ अंक जोडेको छ । ११ खेल खेलेको हैदराबादको १२ अंक छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey