बंगलादेशमा हुने महिला टी-२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२३
  • |
  • 663 पटक हेरिएको

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नवौँ संस्करणका महिला टी-२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।

अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा टी-२० विश्वकपका लागि १० वटा टिमलाई दुईवटा समूहमा बाँडिएको छ ।

भारत, अष्ट्रेलिया, न्यूजिल्यान्ड, पाकिस्तान र क्वालिफायर-१ को टिम समूह ‘ए’ मा छन् ।

यस्तै दक्षिण अफ्रिका, इङल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र क्वालिफायर-२ को टिम समूह ‘बी’ मा छन् ।

क्वालिफायर-१ र क्वालिफायर-२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेको टी-२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।

अक्टोबर ३ मा इङ्गयान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey