मनोहरामाथि बागमतीको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२३
  • |
  • 198 पटक हेरिएको

काठमाडौँ । बागमती युवा क्लबले शहिद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड युवा क्लबलाई पराजित गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेसमा आइतबार सम्पन्न दिनको पहिलो खेलमा बागमतीले मनोहरालाई १-० गोल अन्तरले पराजित गरेको हो।

बागमतीको जितमा अनिल राना मगरले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। 

जितसँगै ६ खेलमा ११ अंक जोडेको बागमती चौथो स्थानमा उक्लिएको छ। पराजित मनोहरा समान खेलबाट १२ अंकका साथ तेस्रो स्थानमा यथावत् छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey