जित कुन्डो मार्सल आर्ट्स : सन्जिवलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२२
  • |
  • 332 पटक हेरिएको

नागका सन्जिव माझीले चौथो टोखा नगरपालिका जित कुन्डो मार्सल आर्ट्स आमन्त्रण मेयर कप प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा नेपाल जित कुन्डो मार्सल आर्ट्सप संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५०.५ देखि ६२ केजीको फाइनलमा सन्जिवले नागकै सुनिल कठायतलाई पराजित गरे ।

टोखामा भएको प्रतियोगिताको पुरुष ५० केजीमुनिको फाइनलमा धनगढीका निकेश कठायतले नागका साहिल तामाङलाई हराउदै पहिलो भए ।

म्हिला ५०.५ केजीमाथि सिन्धुपाल्चोककी उर्मिला दनुवारले स्वर्ण जितिन् । उर्मिलाले फाइनलमा आफ्नै जिल्लाकी  जमुना दनुवारलाई पाखा लगाइन् । महिला ५० केजीमुनि निलम कोइराला शीर्ष स्थानमा रहिन् । निलमले फाइनलमा सुष्मिता राई दनुवारलाई पन्छाइन् ।

प्रतियोगितामा करिब ५० खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव शिव थापाले जनाएका      छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, स्पेनका अन्तर्राष्ट्रिय निर्णायक ज्याक्विन मार्सेलो, पोल्यान्डका मिचल चाप्लालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey