लखनउसँग मुम्बई पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१९
  • |
  • 296 पटक हेरिएको

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्टले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ।

लखनउले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो। 

मुम्बईले दिएको १४५ रनको लक्ष्य्य पछाएको लखनउले १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। 

यसअघि मुम्बईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो।

यो जितपछि लखनउ सुपर जाइन्ट तेस्रो स्थानमा उक्लिएको छ। १० खेलमा ६ जित र ४ हारसहित १२ अंक बटुल्दै लखनउ तेस्रो स्थानमा उक्लिएको हो।

त्यसैगरी यो हारपछि मुम्बईको प्लेअफको सम्भावना सकिएको छ। जारी सिजन १० खेलमा ३ जित र ७ हार बेहोरेको मुम्बईको ६ अंक छ र नवौं स्थानमा झरेको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey