पुल्चोक स्पोर्ट्स क्लब ‘सी’ डिभिजनको शीर्ष स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१८
  • |
  • 421 पटक हेरिएको

काठमाडौँ। पुल्चोक स्पोर्ट्स क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मंगलबार सम्पन्न खेलमा पुल्चोकले रानीवनलाई ४-० गोलअन्तरले पराजित गरेको हो। 

योसँगै शीर्ष स्थानमा उक्लिएको पुल्चोकले ५ खेलबाट १२ अंक बनाएको छ। समान अंक रहेको मनोहरा युनाइटेड यूथ क्लब गोल संख्यामा पछि पर्दै दोस्रो स्थानमा झरेको छ।

३ अंक जोडेको रानीवन १२औँ स्थानमा यथावत् छ। पुल्चोकको जितमा सागर थिङले ह्याट्रिक पूरा गरे।

उनले खेलको ८३, इन्ज्युरी समयको पाँचौँ र छैटौँ मिनेटमा गोल गरेका थिए। यस्तै, सुमन श्रेष्ठले पहिलो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा गोल गरेका थिए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey