जयकुमार नाथ शाह क्रिकेटमा १६ टिमले खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१७
  • |
  • 498 पटक हेरिएको

काठमाडौं जिल्ला क्रिकेट संघले जयकुमार नाथ शाह यु–१६ छात्र क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । १६ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने खेलहरु मूलपानीको तल्लो र माथिल्लो मैदानमा आयाोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले जानकारी दिए ।

नेपाली क्रिकेटलाई ग्रासरुटदेखि नै विकास गर्ने लक्ष्य राख्दै यु–१६ यु–१९ र राष्ट्रीय टीमको लागि समेत उत्कृष्ट खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने उद्देश्य राखेर बुधबारदेखि आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी लगभग पूरा भएको सचिव किरण शमसेर जवराले बताए । 

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रेडियन्ट रिडर्स एकेडेमी, संस्कृति इन्टरनेसनल स्कूल, सैनिक आवासीय महाविद्यालय र त्रियोग हाइ स्कुल रहेका छन् । 

समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक स्कुल, गेटवे एकेडमी, आलोक विद्याश्रम स्कुल र डिएभी स्कुल रहेका छन् ।

समूह ‘सी’ मा केएमसी स्कुल, जेम्स स्कुल, अपी स्कुल र एन्जल हर्ट्स एकेडेमी रकुल रहेका छन् ।

समूह ‘डी’ मा रत्नराज्य स्कुल, मोक्षदा स्कुल, नेक्शस इन्टरनेसल एकेडेमी र एलआरआई स्कुल रहेका छन् ।

प्रतियोगिताको विजेता टिमलाई १ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ। उपविजेतालाई ७५ हजार रुपैयाँ प्रदान गरिने काठमाडौं जिल्ला अध्यक्ष जानकारी दिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey