पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१७
  • |
  • 204 पटक हेरिएको

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी शाखाले पोखरा स्पोर्टस अवार्ड २०८० का लागि मनोनयन सार्वजनिक गरेको छ । 

आज पत्रकार सम्मेलन गरेर विभिन्न चार विधामा तीन तीन खेलाडी तथा प्रशिक्षक सार्वजनिक गरेको हो । 

जसमा वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी छन् ।

यस्तै वर्ष २०८० का उत्कृष्ट महिला खेलाडीमा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका छन् । 

वर्ष २०८० को उदयीमान खेलाडीको मनोनयनमा क्रिकेटी ज्योत्सिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राणा र एथ्लेटिक्सका बादल कार्की मनोनयनमा पर्दा उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु छन् । 

वर्षभरी भएका खेल गतिबिधिमा सहभाति र सफलताको आधारमा खेलाडी छनोट गरिएको मञ्चका अध्यक्ष दिननाथ बरालले जानकारी दिए । खेलाडी छनोटका लागि मञ्चले प्रतिभा छनौट समिति गठन गरेको र सोही समितिको सिफारीसका आधारमा गण्डकी प्रदेशको स्थाइ बसोवास भएको आधारमा खेलाडी  छनोट गरिन्छ । 

सात विधामा अवार्ड वितरण गर्ने गरेको मञ्चले लाईफटाइम एचिभमेन्ट अजार्ड, वर्ष उत्कृष्ट खेल संघ, पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गर्ने जनाएको छ । 

वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुट र र ट्राफी प्राप्त गर्नेछन्, उत्कृष्ट उदियमान खेलाडी, प्रशिक्षक, उत्कृष्ट खेल पत्रकार र उत्कृष्ट खेल संस्थाले नगल ३५-३५ हजार र ट्रफी प्राप्त गर्ने छन् । 

बैशाख २८ गतेका लागि पोखरा सभागृहमा अवार्ड वितरण गरिने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey