राष्ट्रिय फुल कन्ट्याक्ट अर्को साता आयोजना हुने 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१७
  • |
  • 182 पटक हेरिएको

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता बैशाख २४ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताको पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुषमा ५० केजीमुनि, ६० केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा भिडन्त हुनेछ । महिलामा खुला तौलसमूहमा खेल हुनेछ ।

प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफबाट ७५ पुरुष र ३५ महिला गरी १ सय १० खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले जानकारी दिए ।

पुरुष-महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । चौथो हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ ।

दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । अध्यक्ष गौचनले विभिन्न मार्सल आर्ट्सको राम्रो पक्षलाई समेटेर वज्रको प्रतिपादन गरेको बताए ।

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey