चेन्नईसामु हैदरावाद निरिह, फराकिलो अन्तरले पराजित

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०१-१७
  • |
  • 409 पटक हेरिएको

चेन्नई सुपर किंग्स (सीएसके) ले आफ्नो घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा उत्कृष्ट प्रदर्शन गर्दै  सनराइजर्स हैदरावादलाई ७८ रनले पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा चेन्नइका कप्तान ऋतुराज गायकवाडले ५४ बलमा ९८ रनको इनिङ खेल्दै डेरिल मिचेलसँग शतकीय साझेदारी गरे पछि चेन्नईले २० ओभरमा तीन विकेट गुमाएर २१२ रन बनाएको थियो । 

जवाफमा फास्ट बलर तुषार देशपाण्डेले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिएपछि हैदरावादको इनिङ्स १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदरावादका लागि एडेन मार्करामले २६ बलमा ३२ रन बनाएका थिए ।

लक्ष्य पछ्याउन थालेको हैदरावादको सुरुवात निकै खराब रह्यो । ४० रनमा तीन विकेट गुमाएको थियो । तीनवटै विकेट तुषार देशपाण्डेले लिएका थिए । यस खेलमा तुषारले आफ्नो बलिङमा उत्कृष्ट प्रदर्शन गरे र हैदरावादका ब्याट्सम्यानलाई खुल्ने मौका दिएनन् । उनी यो सिजन पहिलो ६ ओभरमा तीन विकेट लिने तेस्रो बलर बनेका छन् । तुषारभन्दा अगाडि राजस्थान रोयल्सका ट्रेन्ट बोल्ट र सन्दीप वारियरले पनि यस्तो गरेका थिए ।

हैदरावादका एडेन मार्कराम बाहेक उनका अन्य कुनै पनि ब्याट्सम्यानले ३० रनको आँकडा पार गर्न सकेनन् । हैदरावादको ब्याटिङ यति खराब रह्यो कि टोलीका पाँच ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् र टोलीले पूरा २० ओभर पनि खेल्न सकेन र अलआउट भयो । यसरी हैदरावादले आईपीएल इतिहासमा रनको हिसाबले सबैभन्दा ठूलो हार बेहोरेको छ । यसअघि सन् २०१३ मा चेन्नईसँग ७७ रनले पराजित भएको थियो जुन उसको सबैभन्दा ठूलो हार थियो ।

हैदरावादका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । तिब्र गतिका बलर भुवनेश्वर कुमारले ओपनर अजिंक्य रहाणेलाई आउट गर्दै चेन्नईलाई शुरुवाती झट्का भने दिएका थिए । रहाणे १२ बलमा ९ रन बनाएर आउट भए ।

रहाणे सस्तैमा आउट भएपछि ऋतुराज र डेरिल मिचेलले उत्कृष्ट ब्याटिङ गर्दै दोस्रो विकेटका लागि १०७ रनको शतकीय साझेदारी गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

गायकवाडले यो सिजनको तेस्रो अर्धशतक बनाए, जबकि डेरिल पनि पछि परेनन् र आफ्नो अर्धशतक पूरा गर्न सफल भए । हैदरावादका जयदेव उनाडकटले डेरिल मिचेललाई आउट गरेर यो साझेदारी अन्त्य गरे । मिचेलले ३२ बलमा ५२ रनको पारीमा सात चौका र एक छक्का प्रहार गरे । 

त्यसपछि शिवम दुबेले गायकवाडलाई राम्रो साथ दिए । गायकवाडले अर्को छेउबाट आक्रामक पारी जारी राखे र लगातार दोस्रो शतक बनाउने नजिक पुगेका थिए । तर, टी. नटराजनले अन्तिम ओभरको दोस्रो बलमा गायकवाडलाई आउट गरेर शतक बनाउनबाट रोकेका थिए । गायकवाडले आफ्नो पारीमा ५४ बलमा १० चौका र तीन छक्का प्रहार गरे । त्यसपछि धोनी मैदानमा आए ।

शिवम दुबेले पनि आक्रामक ब्याटिङ गर्दै २० बलमा एक चौका र चार छक्काको मद्दतले ३९ रन बनाए  । धोनीले पनि दुई बलमा एक चौकाको मद्दतले पाँच रन बनाएपछि अविजित रहे ।  

चेन्नई सुपर किंग्सको टोलीले आफ्नो घरेलु मैदान चेपौकमा ५० औं जित दर्ता गरेको छ । चेन्नई आईपीएलमा कुनै एक स्थानमा ५० भन्दा बढी खेल जित्ने तेस्रो टोली बनेको छ । यसअघि मुम्बई र कोलकाता नाइट राइडर्स (केकेआर) को टोलीले पनि आफ्नो घरेलु मैदानमा ५० भन्दा बढी जित दर्ता गरिसकेका छन् ।

हैदरावादमाथिको ठूलो जितसँगै चेन्नईले अंक तालिकामा तीन स्थानको ठूलो फड्को मारेको छ । पाँच जितसहित १० अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ भने हैदरावादको टोली लगातार दुई हारका साथ चौथो स्थानमा छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey