नेपालविरुद्ध वेष्ट इण्डिज एको कमब्याक

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१६
  • |
  • 285 पटक हेरिएको

नेपाल भ्रमणमा रहेको वेष्ट इण्डिज एले घरेलु टोलीलाई १० रनले हराएको छ । 

पहिलो खेलमा पराजित भएर सिरिजमा पछि परेको वेष्ट इण्डिज एले दोस्रो खेलमा जित हात पार्दै पाँँच खेलको सिरिज १–१ को बराबरीमा ल्याउन सफल भएको छ । अन्तिम ओभरमा जितका लागि १७ रनको आवस्यक रहेपनि नेपाली ब्याटरले लक्ष्य प्राप्त गर्न सकेनन् । 

औशत प्रदर्शन गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अभिजित ७१ रनको योगदान दिएपनि जित दिलाउन सकेनन् । यसअघि ओपनर लोकेश बम १७ रनमा बोल्ड भए भने कुशल भुर्तेल आजको खेलमा पनि चल्न सकेनन् । आठ बल सामना गरेको भुर्तेल २ रन बनाएर क्याचआउट भए । 

त्यसपछि क्रिजमा आएका अनिल साह पनि एक बलमै पवेलियन फर्किए भने कुशल मल्ल पहिलो बलमा आउट भए । 

गुल्सन झाले ११ बलमा २६ रन बनाउँँदा नेपालले पाँँच विकेटको क्षतिमा जम्म ६१ रन बनाएको थियो भने जितका लागि एक सय रन आवस्यक थियो । 

दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाललाई हराउनका लागि गुडकेश मोटी र ओबेड म्याकोईले दुई दुई विकेट लिए भने रोस्टन चेज र ओशेन थोमसले एक एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ रोजेको वेष्ट इण्डिज एले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६० रन बनाएको थियो । 

ट्वेन्टी ट्वेन्टी क्रिकेटमा विश्वव्यापी प्रभाव जमाउन सफल वेष्ट इण्डिजलाई नेपालले सुरुदेखि नै दबाबमा राखेको थियो । तर अन्तिम दुई ओभरमा ३९ रन खाँदा नेपालले ठूलो लक्ष्य पाएको थियो । 

१९औं ओभर बलिङ गरेका आकाश चन्दको बलमा दुई छक्का र एक चौकासहित वेष्ट इण्डिज एले १९ रन बनायो भने अन्तिम ओभरमा तीन छक्कासहित २२ रन बनाउँदा वेष्ट इण्डिज एले दरिलो स्कोर बनाएको हो । 

अन्तिममा गुडाकेश मोटीले ८ बलमा दुई चौका र चार छक्काको सहयोगमा ३३ रन बनाए भने म्याथ्यु फोर्डेले ६ बलमा ११ रन जोडे ।

तेस्रो ओभरमा सागर ढकालले दुई विकेट लिँदा दुबै ओपनर एलिक अथान्जी ६ रनमा र जन्सन चाल्र्स ११ रनमा आउट भए । अथान्जीलाई कुशल मल्लबाट क्याचआउट गराएका ढकालले चाल्र्सलाई बोल्ड गरे । दुई विकेट जाँदा १८ रन बनाएको वेष्ट इण्डिज एको पारी कप्तान रोस्टन चेजले  ६४ रनसम्म पु¥याए । तर, उनी कुशल भुर्तेलको बलमा बोल्ड हुँदा पाहुना टोलीले तीन विकेट गुमायो । 

त्यसपछि केसी कार्टी १० रन बनाएर कुशल भुर्तेलको बलमा क्याचआउट भए । 

वेष्ट इण्डिजका पछिल्ला क्रमका ब्याटरहरु नेपाली बलरसामू दबाबमा रहे । किमो पउल ८ रन बनाएर सोमपाल कामीको बलमा बोल्ड भए भने हाइडेन वास नौ रन बनाएर रनआउट भए । 

वेयो जितसँगै वेष्ट इण्डिज एले पाँच खेलको सिरिज १–१ को बराबरीमा ल्याएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey