सिरहाको सलहेश भोजपुर गोल्डकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-११
  • |
  • 530 पटक हेरिएको

डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन्तरले पराजित गर्दे सलहेश युवा क्लब सिरहा अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा आज भएको खेलमा सलहेश युवा क्लब सिरहाका तर्फबाट जर्सी स्टेफेन बिलोङले खेलको २६औँ र ७५औँ मिनेट दुई गोल गरे । सलहेशकै फोडे फोफनाले ५१औँ मिनेटमा एक गोल र आदित्य शाक्यले ८६औँ मिनेटमा थप गोल गरेका थिए । 

मोरङका तर्फबाट गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ द म्याच सलहेश युवा क्लब सिरहाका स्टेफेन विनोङ भए । उनले नगद पाँच हजारका साथमा मेडल प्राप्त गरे ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र खोटाङ भगवती स्पोर्ट्स क्लब यसअघिनै सेमिफाइनलमा पुगेका छन् । 

भोली बुधबार अन्तिम क्वाटर फाइनल खेल आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ र चर्च व्बाइज युनाइटेड काठमाडौंका बीचमा हुनेछ ।

आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालका अनुसार फाइनल खेल वैशाख १५ गते हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey