जिल्ला खेल संघको पनि अनुगमन हुन्छ: सदस्य–सचिव

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-११
  • |
  • 333 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघले विभिन्न जिल्लामा गठन गरेका जिल्ला संघका गतिविधिको पनि अनुगमन गर्ने बताएका छन् ।

भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुरास प्रतियोगिताका पदक विजेतालाई बधाई दिन आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘अब राष्ट्रिय खेल संघहरुको मात्र हैन, राष्ट्रिय खेल संघले विभिन्न जिललामा गठन गरेका जिल्ला संघको पनि अनुगमन हुन्छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘कार्यसमिति बन्नु मात्र ठूलो कुरा होइन । कार्यसमितिले कस्तो कार्ययोजना ल्याउछ र त्यसलाई कति कार्यन्वयन गर्छ, त्यो हेर्न जरुरी छ । सम्बन्धित जिल्लामा कति खेलाडी छन् । कति प्रशिक्षक छन् । प्रशिक्षण भइरहेको छ कि छैन । के के गतिविधिहरु भइरहेका छन् । सबै कुराको अनुगमन हुन्छ ।’

बैशाख ७ देखि ८ गतेसम्म भएको उक्त प्रतियोगितामा २ स्वर्ण र ३ रजत गरी ५ पदक जित्दै नेपाल दोश्रो भएको थियो । दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जितेका थिए । परि घर्ती मगर, अर्जुन क्षेत्री र दीपिका अछाजुले रजत पदक प्राप्त गरेका थिए । दिक्षा जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंका ५ राष्ट्र सहभागी थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey