'पाकिस्तान भारतसँग द्विपक्षीय सिरिज खेल्न चाहन्छ'

Kelmi

तस्वीर : क्रिकइन्फो

  • एजेन्सी
  • |
  • २०८१-०१-११
  • |
  • 315 पटक हेरिएको

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले भारतसँग द्विपक्षीय (बाइल्याटरल) सिरिज खेल्न तयार रहेको बताएका छन् । सन् २०१२–१३ पछि भारत र पाकिस्तानले द्विपक्षीय सिरिज नै खेलेका छैनन् । आइसीसी र एसीसीका इभेन्ट (एसिया कप, विश्वकप र च्याम्पियन्स ट्रफी)मा मात्रै भेट हुने गरेको छ । भारत र पाकिस्तान हाल्भोल्टेज गेम नै हो । तर, राजनीतिक कारणले गर्दा भारतीय टोलीले पाकिस्तानको भ्रमण गरेको छैन ।

तर, पाकिस्तानी क्रिकेट टिमले भारतमा विश्वकप हुँदा भने भ्रमण गरेको थियो । भारतले भने पाकिस्तानले आयोजना गरेको एसीयाकपका लागि लाहोर जान अस्वीकार गरेपछि हाइब्रिड मोडेलमा खेलहरु आयोजना भएको थिए । उक्त एसियाकपमा नेपालले पनि प्रतिस्पर्धा गर्दा नेपाली टोलीले भारतसँगको खेल श्रीलंका र पाकिस्तानसँगको खेल लाहोरमा खेलेको थियो । अहिले फेरि भारत र पाकिस्तानबीचको द्विपक्षीय सिरिजलाई लिएर फेरि चर्चा सुरु भएको छ । हालै भारतीय कप्तान रोहित शर्मालाई पाकिस्तानसँग द्विपक्षीय शृंखला खेल्ने बारे प्रश्न सोध्दा उनले यस सम्बन्धमा सकारात्मक जवाफ दिएका थिए । 

अहिले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख मोहसिन नकवीले यदि भारतले अर्को वर्ष आईसीसी च्याम्पियन्स ट्रफीका लागि आफ्नो टोली पाकिस्तान पठाउँछ भने पीसीबी भारतसँग द्विपक्षीय शृंखला खेल्न तयार रहेको बताए ।

समाचार एजेन्सी पीटीआईका अनुसार, लाहोरमा एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै, नकवीलाई भारतीय कप्तान रोहित शर्माको हालैको अन्तर्वार्ताको बारेमा सोधिएको थियो जसमा उनले पाकिस्तान क्रिकेट टोलीको प्रशंसा गरेका थिए र भनेका थिए कि दुई छिमेकी देश विदेशमा टेस्ट सिरिज खेल्न चाहन्छन् । खेल्दा राम्रो हुनेछ । नक्वीले भने, यस सम्बन्धमा कुनै विकल्प आयो भने विचार गर्ने बताउँदै पहिलो लक्ष्य भनेको च्याम्पियन्स ट्रफी आयोजना गर्ने र भारतलाई पनि प्रतियोगिता खेल्नका लागि पाकिस्तान ल्याउनमा ध्यान केन्द्रीत भएको उल्लेख गरे ।

भारत र पाकिस्तानका टोलीहरूले अन्तिम पटक २०१२–१३ मा सीमित ओभरको द्विपक्षीय शृंखला खेलेका थिए । त्यतिबेला पाकिस्तानले भारत भ्रमण गरेको थियो । तर भारतले सन् २००७ पछि पाकिस्तान विरुद्ध कुनै पनि टेस्ट खेलेको छैन । राजनीतिक कारणले दुई टोलीबीच लामो समयदेखि द्विपक्षीय सिरिज हुन सकेको छैन । दुवै टोली आईसीसी प्रतियोगितामा मात्रै एकअर्कासँग खेल्छन् । गत वर्ष एकदिवसीय विश्वकपको समूह चरणको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । यसै वर्ष जुनमा हुने टी–२० विश्वकपमा दुई टोलीबीच समूह चरणमा भेट हुने छ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey