भलिबलमा लुम्बिनी र बागमतीलाई उपाधि

-
नेप्लेज
- |
- २०८१-०१-०६
- |
- 1046 पटक हेरिएको
काठमाडौँ । १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङको भलिबलमा लुम्बिनी र बागमती च्याम्पियन बनेका छन्।
लुम्बिनी छात्र तथा बागमती छात्रामा पहिलो भएका हुन्। विजेता दुवै टोलीले गण्डकीलाई पराजित गरे।
बिहिवार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा लुम्बिनीले गण्डकीलाई २५–१७, २५–१४, १९–२५ र २५–१९ ले पराजित ग¥यो। कर्णाली तेश्रो भयो।
छात्राको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई २५–१३, २५–१४ र २५–१४ को सोझो सेटमा हरायो। लुम्बिनी तेश्रो स्थानमा रह्यो।