राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलो पटक टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०६
  • |
  • 663 पटक हेरिएको

काठमाडौं । सुदूरपश्चिम प्रदेशले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार पहिलोपटक टिम च्याम्पियन बनेको छ । सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कांस्य जित्यो।

बागमती १७ स्वर्ण, १३ रजत र १५ कांस्यसाथ दोश्रो भयो। तेश्रो स्थानको कर्णालीले १० स्वर्ण, ५ रजत र १६ कांस्य हात पा¥यो। ८ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको कोशी चौथो भयो। 

अघिल्ला तीन संस्करणमा लगातार उपाधि जितेको लुम्बिनी ६ स्वर्ण, ११ रजत र १८ कांस्यसाथ पाँचौं स्थानमा रह्यो। सात प्रदेश टिमको सहभागिता रहेको प्रतियोगितामा ३ स्वर्ण, १० रजत र १३ कांस्यसाथ गण्डकी छैटौं तथा ३ स्वर्ण, ६ रजत र ९ कांस्यसाथ मधेश सातौं भए।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा भएको प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी थिए। एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो।

जम्मा ६६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। एथलेटिक्सको छात्र÷छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र÷छात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey