शुक्रबारदेखि प्रोफेसनल आइटिएफ तेक्वान्दो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०६
  • |
  • 477 पटक हेरिएको

बाग्लुङ । पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ।

बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा शुक्रबारदेखि दुई दिने प्रतियोगिता बाग्लुङको बुर्तिबाङमा हुन लागेको हो।

संघका अध्यक्ष प्रतीक घर्तिमगर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। प्रोफेसनल फाइटमा महिलातर्पm ५०–५७ केजी तौलसमूह र पुरुषमा ५५–६२ केजी तौलसमूहका खेलाडीले चुनौती दिन पाउनेछन्।

यस प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेश र एक आयोजक गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने संघका अध्यक्ष घर्तिमगरले जानकारी दिए। ढोरपाटन नगरपालिका–१ बुर्तिबाङको बासपार्कमा हुने प्रतियोगितामा कुल ४४ खेलाडीले दुई स्वर्ण पदक, ट्रफी र नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

महिला र पुरुष दुवैतर्पm च्याम्पियनले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन्। यो प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey