सिटिजन्स बैंक खुला टेनिस आइतबारदेखि
- नेप्लेज
- |
- २०८१-०१-०६
- |
- 371 पटक हेरिएको
काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा १०औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन्। पुरुष÷महिला सिंगल्स तथा मिक्स डबल्समा खेल हुनेछ। त्यस्तै भेट्रानको पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स÷डबल्समा प्रतिस्पर्धा हुनेछ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा समावेश ११ स्पर्धामै नगद पुरस्कारको राखिएको छ। कुल पुरस्कार राशी ५ लाख ८२ हजार ५ सय रुपैयाँ रहेको छ। बैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्ट तथा भद्रकालीस्थित आर्मी क्लबमा हुनेछ।